बुधबार कारोबारमा आएकामध्ये १२७ कम्पनीको मूल्य बढ्यो, १३४ कम्पनीको घट्यो र १० वटाको स्थिर रह्यो ।
काठमाडौँ —
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २.५७ अंकले बढेको छ । मंगलबारको तुलनामा ०.०९ प्रतिशतले बढेर बुधबार समग्र नेप्से २ हजार ७ सय ३६.१७ अंकमा उक्लेको छ । यसअघि लगातार चार दिन घटेको नेप्से बुधबार सामान्य अंकले बढेको हो ।
बुधबार कारोबारमा आएकामध्ये १२७ कम्पनीको मूल्य बढ्यो, १३४ कम्पनीको घट्यो र १० वटाको स्थिर रह्यो ।
सो दिन कुल ४९ हजार २ सय ४८ पटकको सेयर किनबेचमा ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत मंगलबार बार ६ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये लगानी, जीवन बिमा, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक घटे । तर, बाँकी उपसमूहको परिसूचक बढ्दा समग्र नेप्से साढे २ अंकले सकारात्मक बनेको हो ।
बुधबार बैकिङ उपसमूहको परिसूचक भने स्थिर छ ।
