सुन तोलामा ८ हजार २ सयले घट्यो

स्थानीय बजारमा आज चाँदी पनि तोलामा ३३५ रुपैयाँले घटेको छ ।

जेष्ठ २४, २०८३

रासस

Gold price drops by 8,200 tola

काठमाडौँ — स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ८ हजार २ सय र चाँदी ३३५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ८ सय कायम भएको छ भने चाँदीको ४ हजार ८९५ निर्धारण भएको छ । 

गत शुक्रबार एक तोला सुन ३ लाख ९ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार २३० मा कारोबार भएको थियो ।

रासस

Link copied successfully