सूचना तथा सञ्चार क्षेत्रमा विनियोजित ५ अर्ब ९३ करोड कहाँ कहाँ हुनेछ खर्च ?

एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गरिने, नेपालमा दर्ता भएका सामाजिक सञ्जालमार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्ने र छापा तथा विद्युतीय सञ्चार माध्यमबाट हुने लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड विनियोजन गरिएको छ ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Where will the 5.93 billion rupees allocated for the information and communication sector be spent?

काठमाडौं — सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सूचना तथा सञ्चार क्षेत्रमा कुल ५ अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेटअनुसार दूरसञ्चार प्राधिकरण विधेयक संसद्मा पेश गर्ने, नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने, कर्णाली र सुदुरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिने उल्लेख छ ।

यस्तै सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई आपसमा गाभी एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गरिने, नेपालमा दर्ता भएका सामाजिक सञ्जालमार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्ने र छापा तथा विद्युतीय सञ्चार माध्यमबाट हुने लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड विनियोजन गरिएको छ ।  

कान्तिपुर

Link copied successfully