गृहजिल्ला गोरखामा रहेका भट्टराईले नीतिगत रुपमा नयाँ प्रविधिमैत्री पुस्ता, निजी क्षेत्र, विदेशमा बस्ने नेपाली, कर्मचारीलाई बजेट बढी आकर्षित गर्ने खालको रहेको प्रतिक्रिया दिएका छन् ।
गोरखा — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बजेट वक्तव्यको शब्द र प्रस्तुति निकै नयाँ र आकर्षक देखिए पनि संरचनात्मक सुधारको नयाँ चरण पूरा हुनेमा आशंका व्यक्त गरेका छन् ।
गृहजिल्ला गोरखामा रहेका भट्टराईले नीतिगत रुपमा नयाँ प्रविधिमैत्री पुस्ता, निजी क्षेत्र, विदेशमा बस्ने नेपाली, कर्मचारीलाई बजेट बढी आकर्षित गर्ने खालको रहेको प्रतिक्रिया दिएका छन् ।
‘बुढीगण्डकी परियोजना लामो अन्योल र आशंका पछि मैले सुरुमा प्रस्ताव गरेझैं अधिकारसम्पन्न प्राधिकरणमार्फत निर्माण गर्ने कुराले केही सन्तोष दिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘परन्तु गहिराईमा गएर बजेटको समग्र संरचनात्मक ढाँचा (आय–व्ययको अनुपात, राजस्वको स्रोत, क्षेत्रगत विनियोजन, वित्तीय संघीयता) हेर्दा निरन्तरतामा क्रमभंगता खासै दृष्टिगोचर हुन्न ।’
बजेट वक्तव्यमा भनिएजस्तो संरचनात्मक सुधारको नयाँ चरण पूरा हुनेमा आशंका व्यक्त गर्दै उनले अन्त्यमा लेखेका छन्,‘तैपनि शुभकामना ।’
केही दिनयता भट्टराई पालुङटार नगरपालिका–१ खोप्लाङस्थित बेलवासमा रहेको पुर्ख्यौली घरमा छन् । घर, आँगनमा बसेर अर्थमन्त्रीको बजेट भाषण सुन्दा रोमान्चक अनुभूति भएको पनि उनले बताएका छन् ।
