क्षयरोगमुक्त नेपाल अभियान’ लाई स्थानीय तहहरूमा विस्तार गर्न आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरजडित ९ वटा पोर्टेबल डिजिटल एक्सरे मेसिन प्रयोगमा
काठमाडौँ — सरकारले क्षयरोगका बिरामी खोज्न एआईजडित डिजिटल एक्सरे मेसिन प्रयोगमा ल्याएको जनाएको छ ।
‘क्षयरोगमुक्त नेपाल अभियान’ लाई स्थानीय तहहरूमा विस्तार गर्ने क्रममा नवीनतम प्रविधिको रूपमा आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरजडित ९ वटा पोर्टेबल डिजिटल एक्सरे मेसिन प्रयोगमा ल्याइएको आर्थिक सर्वेक्षण २०८२/८३ मा उल्लेख छ ।
ती मेसिनमार्फत समुदायस्तरमा क्षयरोगका बिरामीहरूको सक्रिय खोजपड्ताल कार्य सुरू गरिएको सर्वेक्षणमा भनिएको छ ।
