दुई दिन लगातार दोहोरो अंकले बढेको नेप्से मंगलबार ९ अंकले घट्यो

सोमबारको तुलनामा मंगलबार ०.३३ प्रतिशतले घटेर समग्र नेप्से २७७७.१० अंकमा ओर्लेर बन्द भएको हो ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

After rising by double digits for two consecutive days, NEPSE fell by 9 points on Tuesday.

काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ९.२४ अंकले घटेको छ । शुक्रबार र सोमबार दोहोरो अंकले बढेको नेप्से मंगलबार घटेको हो ।

अघिल्लो दिनको तुलनामा मंगलबार ०.३३ प्रतिशतले घटेर समग्र नेप्से २७७७.१० अंकमा ओर्लेर बन्द भएको हो ।

मंगलबार कारोबारमा आएकामध्ये ६९ कम्पनीको सेयर मूल्य बढ्यो भने  १९० कम्पनीको घट्यो । तर, ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

मंगलबार कुल ५२ हजार ७५१ पटकको कारोबारमा १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । सोमबार सेयर बजारमा ५ अर्ब ९८ करोड ६४  लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये सामुहिक लगानी कोष र निर्जीवन बिमाबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से सवा ९ अंकले घटेको हो ।

कान्तिपुर

Link copied successfully