२६ देशका १७६ सगरमाथा आरोही नेपालमा 

‘एभरेष्ट समिटियर्स समिट २०२६’ मा सहभागी हुने २६ देशका १७६ जना सगरमाथा आरोही नेपाल आएका हुन् ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

176 Everest climbers from 26 countries in Nepal

काठमाडौं — नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्ने अपेक्षासहित सगरमाथा आरोहीहरूको योगदान र साहसलाई सम्मान गर्ने उद्देश्यले बुधबार राजधानी काठमाडौंमा ‘एभरेष्ट समिटियर्स समिट २०२६’ हुने भएको छ । 

एभरेष्ट एलायन्स नेपालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार समिटको दोस्रो संस्करण नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा आयोजना हुन लागेको हो ।

कार्यक्रममा विश्वका २६ देशका १७६ जना सगरमाथा आरोहीलाई विशेष पदक तथा प्रमाणपत्रसहित सम्मान गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको विशेष उपस्थिति रहने जनाइएको छ । एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले गत वर्षदेखि सगरमाथा आरोहीहरूलाई सम्मान गर्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको बताए ।

कान्तिपुर

Link copied successfully