निर्माण व्यवसायीलाई मन्त्री लम्सालले भने- ‘मूल्य समायोजन हुन्छ, काम नरोक्नुस्’

पूर्वाधार विकासमन्त्री लम्सालले सरकारलाई भरोसा गरेर ढुक्क भई काम गर्नसमेत आग्रह गरे ।

जेष्ठ ८, २०८३

विमल खतिवडा

Minister Lamsal told construction entrepreneurs - 'Prices will be adjusted, don't stop work'

काठमाडौँ — पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले निर्माण सामग्रीको मूल्य समायोजन गर्ने भन्दै निर्माण व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले आयोजना गरेको सार्वजनिक पूर्वाधार निर्माणको अवस्थाबारे आयोजित छलफलमा मन्त्री लम्सालले सरकारलाई भरोसा गरेर ढुक्क भई काम गर्नसमेत आग्रह गरे । 'ढुक्क भएर काम गर्नुस्, निर्माण सामग्रीको मूल्य समायोजन ऐन कानुनअनुसार हुन्छ,' उनले भने, 'तपाईंहरुको समस्या सरकारले बुझेको छ ।'

उनले काम नरोकी छिटो सक्नसमेत व्यवसायीलाई आग्रह गरे ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्यपूर्वको युद्धका कारण निर्माण सामग्रीको मूल्य वृद्धिले काम गर्न सक्ने अवस्था नभएको बताए । 'निर्माण क्षेत्र समस्याग्रस्त अवस्थामा छ, काम ठप्प छन्,' उनले भने, 'मूल्य समायोजन नभए काम गर्न सक्ने अवस्था छैन ।'

समितिका सभापति आशिष गजुरेलले राज्यले आफ्नो जिम्मेवारी निर्वाह गर्ने र निर्माण व्यवसायीबाट काम छिटो र गुणस्तरीय गर्नुपर्नेमा जोड दिए ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully