प्रतिव्यक्ति जीडीपीका आधारमा कुन प्रदेश धनी, कुन प्रदेश गरिब ?

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी)का आधारमा आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सबैभन्दा धनी र मधेश प्रदेश सबैभन्दा गरिब देखिएको छ ।

जेष्ठ ६, २०८३

कान्तिपुर संवाददाता

Which provinces are rich and which provinces are poor based on per capita GDP?

काठमाडौँ — प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी)का आधारमा आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सबैभन्दा धनी र मधेश प्रदेश सबैभन्दा गरिब देखिएको छ ।

जसअनुसार चालु आर्थिक वर्ष बागमती प्रदेशको प्रतिव्यक्ति जीडीपी २ हजार ६ सय ४४ अमेरिकी डलर, गण्डकी प्रदेशको १ हजार ६ सय ५१, कोशीको १ हजार ४ सय १०, लुम्बिनीको १ हजार २ सय ८, सुदुरपश्चिमको १ हजार १ सय ७०, कर्णालीको १ हजार १ सय ८ र मधेशको ९ सय ३४ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ ।

राष्ट्रिय तहमा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति जीडीपी १ हजार ५ सय १३ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान छ । यस हिसाबले बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति जीडीपी राष्ट्रिय औसतभन्दा कम रहेको देखिन्छ ।

Which provinces are rich and which provinces are poor based on per capita GDP?

कान्तिपुर

Link copied successfully