राष्ट्रिय तथ्यांक कार्यालयले गरेको प्रादेशिक जीडीपीको प्रारम्भिक प्रक्षेपणले चालु आर्थिक वर्ष बागमती प्रदेशमा उपभोक्ता मूल्यमा सबैभन्दा बढी ५.४० र गण्डकीमा ५.०१ प्रतिशत आर्थिक वृद्धि हुने देखिएको छ ।
काठमाडौँ — मुलुकका सात प्रदेशमध्ये आर्थिक वर्ष २०८२/८३ को बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी र मधेश प्रदेशको सबैभन्दा कम छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको प्रादेशिक जीडीपीको प्रारम्भिक प्रक्षेपणले चालु आर्थिक वर्ष बागमती प्रदेशमा उपभोक्ता मूल्यमा सबैभन्दा बढी ५.४० र गण्डकीमा ५.०१ प्रतिशत आर्थिक वृद्धि हुने देखिएको छ । दुवै प्रदेशको वृद्धिदर राष्ट्रिय औसत वृद्धिदर भन्दा बढी हुन् ।
तथ्यांक कार्यालयले यसवर्ष मुलुकको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.६५ र उपभोक्ता मूल्यमा ३.८५ प्रतिशत हुने अनुमान गरेको छ । यस वर्ष उपभोक्ता मूल्यमा कोशी प्रदेशको वृद्धिदर ३.१३, मधेशको १.३१, लुम्बिनीको २.८७, कर्णालीको २.९४ र सुदूरपश्चिमको ३.२८ प्रतिशत छ ।
आधारभूत मूल्यमा कोशी प्रदेशको आर्थिक वृद्धिदर २.९६, मधेशको १.१३, बागमतीको ५.२३, गण्डकीको ४.८३, लुम्बिनीको २.७०, कर्णालीको २.७७ र ३.११ प्रतिशत रहने प्राररिम्भक अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।
