समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन सुरू, कतिजना बचतकर्ताले पाए ?

यसअघि घोषणा गरिएअनुसार समितिले सोमबारदेखि १० हजार रुपैयाँभन्दा कम बचत रहेका पीडितलाई पैसा फिर्ता दिने काम सुरू भएको हो

जेष्ठ ४, २०८३

कान्तिपुर संवाददाता

Refunds have begun to be given to savers of troubled cooperatives. How many savers have received them?

काठमाडौँ — समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन सुरू गरेको छ । सोही क्रममा सोमबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ सय ७८ जना पीडितलाई कुल १३ लाख ९९ हजार २ सय १६ रुपैयाँ फिर्ता गरेको छ ।

सोमबार बचत फिर्ता पाउने सहकारीका बचतकर्तामध्ये कान्तिपुर सहकारीका २ सय १५ जनालाई, ९ लाख ८९ हजार ७ सय १६ रुपैयाँ, पशुपति सहकारीका ७ जनालाई ४१ हजार ४ सय ६५ रुपैयाँ र शिवशिखर सहकारीका १ सय ५६ जनालाई ३ लाख ६८ हजार ३५ रुपैयाँ गरी करिब १४ लाख रुपैयाँ फिर्ता गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए ।

यसअघि घोषणा गरिएअनुसार समितिले सोमबारदेखि १० हजार रुपैयाँभन्दा कम बचत रहेका पीडितलाई पैसा  फिर्ता दिने काम सुरू भएको हो । यो क्रमले अब निरन्तरता पाउने समितिले जनाएको छ ।

कान्तिपुर

Link copied successfully