आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा 

वालेन्द्र शाह नेतृत्वको सरकारले पुरानो सरकारबाट भएका राजनीतिक नियुक्तिलाई हटाउनेगरी अध्यादेश ल्याएपछि उनले बुधबार राजीनामा दिएका हुन् ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

Nepal Oil Corporation Executive Director Bhatta resigns

काठमाडौँ — नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भटले पदबाट राजीनामा दिएका छन् । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा आएको इकान्तिपुरलाई जानकारी दिए ।

भट्ट तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा २०८० फागुन ६ गते  कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका थिए । उनी २०७० जेठदेखि २०७० मंसिरसम्म कार्यकारी निर्देशकका रूपमा काम गरेका थिए ।

वालेन्द्र शाह नेतृत्वको सरकारले पुरानो सरकारबाट भएका राजनीतिक नियुक्तिलाई हटाउनेगरी अध्यादेश ल्याएपछि उनले बुधबार राजीनामा दिएका हुन् । 

कान्तिपुर

Link copied successfully