स्टार्टअप नेपाल पोर्टलबाट एकैदिन बिउपुँजीदेखि कम्पनी दर्तासम्म

सरकारले स्टार्टअप नेपाल पोर्टलमार्फत एकैदिनमा कम्पनी दर्ता, कर छुट, बिउ पुँजीलगायतको सेवा प्रदान गर्ने जनाएको छ ।

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

From seed capital to company registration in one day through Startup Nepal Portal

काठमाडौँ — सरकारले स्टार्टअप नेपाल पोर्टलमार्फत एकैदिनमा कम्पनी दर्ता, कर छुट, बिउ पुँजीलगायतको सेवा प्रदान गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

अब एउटै पोर्टलमार्फत कम्पनी दर्तादेखि बिउ पुँजीसम्म दिने सरकारले जनाएको हो । यसअघि औद्योगिक व्यवसाय प्रतिष्ठानमार्फत स्टार्टअप कर्जा प्रवाह गरिरहेको छ । यस्तै, कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता र उद्योग विभागबाट लगानी स्वीकृत र उद्योग दर्ता हुँदै आएको छ । वालेन्द्र शाह नेतृत्वको सरकारले २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी रहेको उद्योग प्रदेश मातहतका कार्यालयमार्फत दर्ता हुने व्यवस्था गरेको छ । 

ग्रीन मार्केट भिलेज, सूचना प्रविधि पार्क कृषि उत्पादन केन्द्र तथा उत्पादनमुलुक तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्रको विकास गर्दै औद्योगिक पर्यटनसँग जोडिने समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully