नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई निर्यातलाई प्राथमिकता दिइने बताएका हुन् ।
काठमाडौं — सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्दै यस क्षेत्रको निर्यात प्रवर्द्धनका लागि विशेष वित्तीय सहुलियत र लगानी सहजीकरणको नीति अघि सारेको छ ।
सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस योजनाअन्तर्गत सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई निर्यातलाई प्राथमिकता दिइने उल्लेख गरे ।
‘डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरि नेपाललाई एक हबका रुपमा अघि बढाइनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण सरकारी सहलागानीसहित अनुसन्धान तथा नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ ।’
