सरकारले नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सीप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिने जनाएको छ ।
काठमाडौँ — सरकारले नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सीप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिने जनाएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा बसेर विदेशी रोजगारदाताको लागि काम गर्न सकिने रिमोट वर्क नीतिको कानुनी व्यवस्था गरिने बताए । ‘वैदेशिक रोजगारीबाट फर्केका युवाको सीपलाई डिजिटल सीप पासपोर्टमार्फत अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराइनेछ,’ उनले भने ।
श्रमिकका लागि कानुनी साहयता र न्यायमा पहुँच सुनिश्चित गरिने, डिजिटल श्रम नीरिक्षण प्रणाली लागू गरी न्यूनतम पारिश्रमिक सुनिश्चित गरिने र कार्यस्थलमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्यको सुनिश्चित गरिने सरकारको नीति छ ।
‘सरकार, रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्ध विकास गर्दै राष्ट्रियस्तरको कल्याणकारी कोषको प्रभावकारीरुपमा परिचालन गरिनेछ,’ पौडेलले भने, ‘बालश्रम निवारण प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गरिनेछ ।’
