५ हजार नयाँ होमस्टे ब्रान्डिङ गरिने

स्थानीय कला, संस्कृति तथा परम्परालाई पर्यटनसँग एकीकृत गर्दै सीमान्तकृत तथा दलित समुदायको आर्थिक सशक्तीकरणमा जोड दिइने

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

5,000 new homestays to be branded

काठमाडौँ — सरकारले समुदायद्वारा सञ्चालित होमस्टेलाई पर्यटन क्षेत्रसँग जोड्दै स्थानीय आयआर्जन र रोजगारी प्रवर्द्धन गर्ने नीति अघि सारेको छ। 

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा स्थानीय कला, संस्कृति तथा परम्परालाई पर्यटनसँग एकीकृत गर्दै सीमान्तकृत तथा दलित समुदायको आर्थिक सशक्तीकरणमा जोड दिइने जनाइएको छ।

पर्यटन कार्यक्रमअन्तर्गत 'जीवित संग्रहालय' अवधारणालाई प्रवर्द्धन गर्दै कम्तीमा ५ हजार नयाँ होमस्टेलाई नेपाल होमस्टे ब्रान्डिङसहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने योजना सार्वजनिक गरिएको छ।

सरकारले यस कार्यक्रममार्फत ग्रामीण पर्यटन विस्तार, स्थानीय संस्कृतिको संरक्षण तथा समुदायमा आधारित पर्यटनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

कान्तिपुर

Link copied successfully