९ महिनामा रेमिट्यान्समार्फत साढे १६ खर्ब भित्रियो

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको चैतसम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेको हो ।

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

1.65 trillion rupees entered through remittances in 9 months

काठमाडौँ — चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) रेमिट्यान्समार्फत १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स झित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको चैतसम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रशितले बढेको हो । गत वर्षको चैतसम्म्म रेमिट्यान्स १०.२ प्रतिशतले बढेको थियो ।

यस्तै, २०८२ चैत महिनामा रेमिट्यान्स आप्रवाह २ खर्ब ९ अर्ब ७५ करोड रहको छ । गत वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ३९ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।

गएको नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ९४ हजार १ सय ८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ९३ हजार २ सय ५९ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख ५८ हजार २ सय २२ र २ हलाख ४९ हजार ६ सय ५२ रहेको थियो ।

कान्तिपुर

Link copied successfully