नेप्से परिसूचकमा वृद्धिसँगै १६२ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ, कुल ३ अर्ब ४३ करोडको कारोबार भएको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ८.७८ अंकले वृद्धि भएको छ । ०. ३२ प्रतिशतले वृद्धि भएको नेप्से २७१२.८६ विन्दुमा उक्लिएको छ ।
विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बिमा र व्यापार उपसमूहबाहेक सबै उपसमूह बढ्यो । कारोबारमा आएका १६२ कम्पनीको सेयर मूल्य बढ्यो, ९० कम्पनीको मूल्य घट्यो भने १६ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ६२ हजार २५ पटकको सेयर कारोबारमा ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रूपैयाँको सेयर कारोबार भएको छ ।
अप्पर लाहोर खोला हाइड्रोपावर कम्पनीको ११.१६, सोलु हाइड्रोपावरको ७.५६, धौलागिरि लघुवित्तको ७.०४, झापा इनर्जी लिमिटेडको ४.८०, एनआईसी एसिया ब्यालेन्स फन्डको ४.६२ प्रतिशतले सेयर मूल्य बढ्यो ।
फर्वार्ड माइक्रोफाइनान्स लघुवित्तको ९.३१, सुपर खुदी हाइड्रोपावरको ३.१३, रावा इनर्जी डेभलपमेन्टको ३, एनआइसी एसिया ग्रोथ फन्ड-२ को २.८२, आरबीबी म्यूचअल फन्ड-१ को २.७० प्रतिशतले मूल्य घट्यो ।
