संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार उनलाई कार्यालय प्रमुखको रूपमा कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको हो ।
काठमाडौँ — नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार उनलाई कार्यालय प्रमुखको रूपमा कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको हो ।
सरकारले अध्यादेश जारी गरेपछि बोर्डका तत्कालीन सीईओ दीपकराज जोशी पदमुक्त भएका थिए । जसका कारण नेतृत्व पद खाली भएको थियो । सोही रिक्तता पूर्ति गर्न हालका लागि वरिष्ठताको आधारमा ऐरलाई निमित्त सीईओको जिम्मेवारी दिइएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
ऐर विगत २६ वर्षदेखि बोर्डमा कार्यरत छन् । मन्त्रालयले जारी गरेको परिपत्रअनुसार ऐरले बोर्डको दैनिक प्रशासन, नीति कार्यान्वयन, कार्यक्रम समन्वय तथा पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधिहरू सञ्चालन गर्नेछन् । साथै, बोर्डका नियमित कामकाज अवरुद्ध नहुने गरी व्यवस्थापनलाई निरन्तरता दिने जिम्मेवारी पनि उनलाई दिइएको छ ।
