अप्रिलमा नेपाल भित्रिने पर्यटक ७.३ प्रतिशतले घटे

अप्रिलमा अमेरिकी क्षेत्रबाट हुने पर्यटक आगमनमा ठूलो गिरावट देखिएको छ । गत वर्ष अप्रिलमा १२ हजार ७७५ पर्यटक आएकोमा यस वर्ष मात्र २ हजार ५१८ जना आएका छन् ।

वैशाख २१, २०८३

सुरज कुँवर

Tourist arrivals in Nepal drop by 7.3 percent in April

What you should know

काठमाडौं — सन् २०२६ को अप्रिल महिनामा नेपाल भित्रिने अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा केही गिरावट देखिएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल २०२६ मा कुल १ लाख ७ हजार ९३४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

यो संख्या गत वर्ष २०२५ को सोही महिना (१ लाख १६ हजार ४९०) को तुलनामा ७.३ प्रतिशतले कमी हो । यस्तै, कोरोना महामारी पूर्वको वर्ष अर्थात् सन् २०१९ को अप्रिलको तुलनामा पनि पर्यटकको संख्या १.३ प्रतिशतले घटेको देखिन्छ ।

तथ्यांकअनुसार नेपाल भित्रिने पर्यटकमध्ये भारतीय नागरिक सबैभन्दा बढी छ । अप्रिल महिनामा मात्रै २५ हजार १९६ भारतीय पर्यटक नेपाल आएका छन् ।  यो कुल आगमन संख्याको २३.३ प्रतिशत हो । यद्यपि, यो संख्या गत वर्ष (२५,९३३) को तुलनामा सामान्य कम हो । चीनबाट हुने आगमनमा भने उत्साहजनक सुधार देखिएको छ । गत वर्ष अप्रिलमा ९ हजार ३७ चिनियाँ पर्यटक नेपाल आएकोमा यस वर्ष बढेर ११ हजार ७२२ पुगेको छ ।

सन् २०२६ अप्रिलका शीर्ष १० देशहरूमा भारत ( २५ हजार १९६), चीन ( ११ हजार ७२२), अष्ट्रेलिया (५ हजार ३२७), बंगलादेश (५हजार२३१), संयुक्त अधिराज्य (४ हजार ८८६), जर्मनी (३ हजार १४३), मलेसिया (३ हजार ०८५), रुस (२ हजार ६३७), म्यानमार (२ हजार ६२६) र फ्रान्स (२ हजार ४४३) छन् । 

यस महिना अमेरिकी क्षेत्रबाट हुने पर्यटक आगमनमा ठूलो गिरावट देखिएको छ । गत वर्ष अप्रिलमा १२ हजार ७७५ पर्यटक आएकोमा यस वर्ष मात्र २ हजार ५१८ जना आएका छन् । विशेषगरी अमेरिका स‌ंयुक्त राज्य अमेरिकाबाट आउने पर्यटक १० हजार ५३ बाट घटेर २१० मा खुम्चिनुले समग्र तथ्यांकमा असर पारेको छ । युरोपेली बजारबाट पनि यस वर्ष पर्यटक संख्या घटेको छ । गत वर्ष ३० हजार २४९ युरोपेली पर्यटक आएकोमा यस वर्ष २१ हजार ९८८ मात्र आएका छन् ।Tourist arrivals in Nepal drop by 7.3 percent in April

कुल पर्यटकमध्ये दक्षिण एसियाली मुलुकहरूको हिस्सा ३१ प्रतिशत रहेको छ । यस्तै, एसियाका अन्य देशहरूको हिस्सा २४.८ प्रतिशत रहेको छ । अन्य क्षेत्रबाट हुने आगमनमा भने उल्लेख्य वृद्धि भई १५ हजार ३६० पुगेको छ । जुन गत वर्ष ७ हजार ४४८ मात्र थियो ।

तथ्यांकले नेपाली पर्यटन बजारमा छिमेकी मुलुकहरूको प्रभाव बलियो देखाए पनि युरोप र अमेरिका जस्ता टाढाका गन्तव्यहरूबाट पर्यटक कम आकर्षित भएकाो देखाएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully