नेप्से परिसूचक ३४.६३ अंकले घट्यो

सेयर बजारमा आज नेप्से परिसूचक ३४.६३ अंकले घट्दा २७ वटा कम्पनीको मूल्य बढेको छ भने २४० कम्पनीको मूल्य घटेको छ ।

वैशाख २१, २०८३

कान्तिपुर संवाददाता

NEPSE index drops by 34.63 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३४.६३ अंकले घटेको छ । १.२६ प्रतिशतले घटेको नेप्से २७०४.०८ विन्दुमा ओर्लिएको छ ।

आज कुल २७ कम्पनीको सेयर मूल्य बढ्यो, २४० कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्‌यो ।कारोबारमा आएका उपसमूहमध्ये लघुवित्तबाहेक सबै उपसमूहहरू घट्यो । लघुवित्त उपसमूह ०.१४ अंकले बढ्यो । उत्पादन तथा प्रशोधन २९०.६८, विकास बैंक १२७.५६, होटल तथा पर्यटन १०७.०१ अं‌कले घट्यो । 

फर्वार्ड माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशतले सेयर मूल्य बढेपछि सर्किट ब्रेक लाग्यो । झापा इनर्जी लिमिटेडको ७.९९,  सेञ्चुरी डिबेञ्चर २०८८ को २.९८, एनआईसी एसिया ग्रोथ फन्ड-२ को २.७९ र  सिभिल बैंक डिबेञ्चर २०८८ को २.६० अंकले सेयर मूल्य बढ्यो ।

कर्पोरेट विकास बैंकको १२.५८, माई खोला हाइड्रोपावरको ८.५९, नारायणी विकास बैंकको ८.२२, सालपा विकास बैंकको ८.०१ र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको ७.६८ अंकले सेयर मूल्य घट्यो । 

कुल ६८ हजार ६३५ पटकको कारोबारमा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ । ती किनबेचमा १ करोड ७४ हजार ५ सय २४ कित्ता सेयर किनबेच भए ।

कान्तिपुर

Link copied successfully