असारबाट सवारीसाधन चलाउने गरी काम गरिँदै, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र पूर्वी तराई जाने सवारीले बीपी राजमार्ग अवरुद्ध हुनासाथ पुष्पलाल मार्ग प्रयोग गर्दै।
What you should know
काठमाडौं र दोलखा — १४ चैतयता सामान्य पानी पर्नासाथ बीपी राजमार्ग पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस खण्डमा पर्ने ८ किलोमिटर सडक खोलो तर्काएर बनाइएको छ । जसले गर्दा रोशी खोलामा बाढी आउनासाथ अस्थायी रूपमा बनाइएको डाइभर्सन बगाइदिँदा यातायात ठप्प हुन्छ । यस खण्डमा पर्ने चौकीडाँडादेखि बर्खेखोलासम्म नै बाढीले क्षति गरेको छ । बढी समस्या कटुन्जेबेंसी, चारसय बेंसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, पिप्ले पर्छ ।
अस्थायी रूपमा खोलामा बनाएको डाइभर्सन बाढीले बगाएपछि सडक बन्द हुने र खोल्ने काम भइरहेको केही समययता हुँदै आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘जहाँ–जहाँ बाढीले सडक बगाएको थियो, तिनैतिनै ठाउँको माथिल्लो खण्डमा सडक बनाउने काम भइरहेको छ,’ उनले भने, ‘यो संरचना नबन्दासम्म खोलामा डाइभर्सन बनाएर सवारीसाधन चलाउँदा बाढीका कारण समस्या भएको हो ।’ बर्खामा सडकबाटै सवारीसाधन चलाउने गरी काम भइरहेको उनको भनाइ छ ।
बाढीले बीपी राजमार्ग बगाएपछि राजधानी आवतजावतमा सहजता ल्याउन यो मार्ग सञ्चालनमा आएको हो । अत्यावश्यक, बिरामी बोकेका एम्बुलेन्स र यात्रुवाहक बसले विकल्पका रूपमा यो मार्ग प्रयोग गर्दै आएका छन् । मालवाहक सवारी पनि प्रायः यही मार्ग भएर गुड्ने गरेका छन् ।बाढीले अस्थायी डाइभर्सन बगाएपछि पुनः बनाएर सञ्चालनमा ल्याउने काम त्यही खण्डमा सडक निर्माणको ठेक्का लिने कम्पनीले गरिरहेको र यसमा थप राज्यको आर्थिक भार नपर्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । त्यसो भए बीपी राजमार्ग बाढीले बगाउँदा विकल्प के त ? प्रमुख सुमन योगेश भन्छन्, ‘पुष्पलाल (मध्यपहाडी) राजमार्ग’ ।
असोज २०८१ मा आएको बाढीले बीपी राजमार्ग बगाएपछि पूर्वलाई राजधानी काठमाडौंसम्म जोड्ने वैकल्पिक मार्ग पुष्पलाल (मध्यपहाडी) बनिरहेको छ । रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र पूर्वी तराई जाने सवारीसाधनले बीपी राजमार्ग अवरुद्ध हुनासाथ पुष्पलाल मार्ग प्रयोग गर्दै आएका छन् । बाढीले बीपी राजमार्ग बगाएपछि राजधानी आवतजावतमा सहजता ल्याउन यो मार्ग सञ्चालनमा आएको हो । अत्यावश्यक, बिरामी बोकेका एम्बुलेन्स र यात्रुवाहक बसले विकल्पका रूपमा यो मार्ग प्रयोग गर्दै आएका छन् । मालवाहक सवारी पनि प्रायः यही मार्ग भएर गुड्ने गरेका छन् ।
१२ असोज २०८१ को बाढीले तामाकोशी गाउँपालिका–५ किर्नेटारमा खिम्ती जलविद्युत् केन्द्रको विद्युत्गृह नजिकै पुष्पलाल मार्गको ४ सय मिटर सडक तामाकोशी नदीले कटान गरेपछि नयाँ ट्र्याक खनिएको छ । सडक पुरानै अवस्थामा फर्काउन बाढीपहिरोले क्षति गरेको १.२ किलोमिटरमा सडक डिभिजन कार्यालय, सिन्धुलीले १९ करोडमा ठेक्का लगाएको छ ।
कामको गति भने सुस्त छ । जसले गर्दा अहिले खिम्ती जलविद्युत् केन्द्रको कार्यालय रहेको क्षेत्रकै खण्ड सडक बनिरहेको छ । बर्खाअघिसम्म खिम्ती विद्युत् केन्द्रको सडक तामाकोशी नदीलाई डाइभर्ट गरेर पनि निर्माणको काम सक्ने सडक डिभिजन कार्यालय सिन्धुलीका सूचना अधिकारी सुदर्शन उप्रेतीले बताए ।
‘बीपीको विकल्पमा रहेको पुष्पलाल मार्गलाई अवरुद्ध हुन नदिने गरी काम भइरहेको छ,’ उप्रेतीले भने, ‘खिम्ती खण्डमा बर्खाअघि नै तटबन्धसहितको सडक निर्माण हुन्छ, अन्य स्थानमा निर्माण कम्पनीलाई अवरुद्ध हुन नदिने र भइहाले तत्काल खुलाउने गरी मेसिनको व्यवस्था गर्न भनेका छौं ।’ खुर्कोटबाट १७ किलोमिटरमा रामेछापको मन्थली पुगिन्छ । मन्थलीबाट ३५ किलोमिटरमा तामाकोशी पुगिन्छ । तामाकोशीबाट १७ किलोमिटरमा दोलखाको चरिकोट पुगिन्छ । चरिकोटबाट ५५ किलोमिटर दूरी छिचोलेपछि सिन्धुपाल्चोकको खाडीचौरस्थित अरनिको राजमार्ग भेटिन्छ । त्यहाँबाट ७८ किलोमिटर पार गरेपछि काठमाडौं आइपुगिन्छ ।
तामाकोशीबाट १७ किलोमिटरमा दोलखाको चरिकोट पुगिन्छ । चरिकोटबाट ५५ किलोमिटर दूरी छिचोलेपछि सिन्धुपाल्चोकको खाडीचौरस्थित अरनिको राजमार्ग भेटिन्छ ।खुर्कोटबाट तामाकोशी र तामाकोशीबाट काठमाडौंसम्म दुई लेन कालोपत्र सडक छ । यो मार्ग हुँदै र सिन्धुली जोड्ने सित्खाको मोटरेबल पुल भएर खाँडादेवी गाउँपालिका हुँदै करिब ३४ किलोमिटर सडक पारगरेपछि मन्थली निस्कने वैकल्पिक सडक खुला गरिएको छ । लामो यात्रा गर्नुपरे विकल्पका रूपमा यो सडक प्रयोग हुँदै आएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले जनाए ।
मन्थलीबाट सिधै पुष्पलाल मार्गबाट दोलखाको चरिकोट हुँदै अरनिको राजमार्गबाट काठमाडौं जोडिन्छ । ‘बाढीले क्षति गरेका स्थानमा सडक मर्मतका लागि १३ करोडमा ठेक्का लागेको छ, काम सन्तोषजनक छ,’ उनले भने । तामाकोशी–मन्थली सडक खण्डको कालीदहमा सामान्य समस्या भएकाले त्यसको पनि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार भइसकेको उनको भनाइ छ । बीपी राजमार्ग खुल्नुअघि त्यस भेगका स्थानीयले यही सडकबाट यात्रा गर्थे ।
खुर्कोटको पुलमा बाढीले क्षति गरेपछि विकल्पमा खुर्कोटबाट रामेछाप र सिन्धुली जोड्ने सित्खाको मोटरेबल पुल भएर खाँडादेवी गाउँपालिका हुँदै करिब ३४ किलोमिटर सडक पार गरेपछि मन्थली निस्कने वैकल्पिक सडक पनि छ । पुष्पलाल मार्ग प्रयोग गर्दा चालकले डबल लेन भएका कारण गतिमा ध्यान दिनुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए ।
बीपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा बढी क्षति गरेको थियो । क्षतिग्रस्त राजमार्गको ३.२ किमिबाहेक २७.३ किमि खण्डको ठेक्का भई काम भइरहेको छ । काभ्रे र सिन्धुलीतर्फ गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको हो । अहिले दुई लेनमा सडक निर्माण भइरहेको छ ।
राजमार्गको भकुन्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो । दुवै ठेक्काको सम्झौता असार २०८२ मा भएको हो ।
पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग कात्तिक २०८२ मा सम्झौता भएको हो । यस खण्डको ठेक्का रकम ६८ करोड ८० लाख रुपैयाँ छ । जापान सहयोग नियोग (जाइका) ले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक निर्माण गर्नेछ । जापान सरकारको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा उक्त खण्डमा सडक निर्माण हुन लागेको हो ।
१ असारबाट अहिले बनिरहेको सडकबाटै सवारीसाधन चलाउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशको भनाइ छ ।अहिलेसम्म काम हुन सकेको छैन । यस खण्डमा पनि सडक डिभिजन भक्तपुरले बर्खामा समस्या हुन नदिने गरी काम गरिरहेको छ । बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । यसको ठेक्का रकम भ्याटबाहेक ५५ करोड रुपैयाँ छ । सबै खण्डको काम सम्झौता भएका मितिले दुई वर्षभित्र सक्नुपर्नेछ ।
१ असारबाट अहिले बनिरहेको सडकबाटै सवारीसाधन चलाउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशको भनाइ छ । ‘बर्खामा खोलाबाट सवारीसाधन चलाउनुपर्नेछैन,’ उनले भने, ‘२५ किमि दूरीमध्ये अहिले खोलामा करिब ८ किमि डाइभर्सन बनाएर सवारी चलाइएको छ ।’
यो राजमार्ग भएर दिनको ४ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । पछिल्लो समय पानी पर्नासाथ बीपी राजमार्ग अवरुद्ध भएर सवारी आवागमन प्रभावित हुन थालेपछि प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोली केहीदिन अघि बाढीले समस्या गरेको सडकको स्थलगत अनुगमन गरेर फर्किएको थियो । ‘बर्खामा सडकबाट सवारीसाधन चलाउने गरी काम भइरहेको रहेछ । कालोपत्र सडक बर्खाअघि नबन्ने भएकाले बनिरहेको खण्डमा यात्रा त्यति सहज हुँदैन । तर बर्खामा सवारी आवागमन नरोकिने देखियो,’ उनले भने, ‘काम राम्रोसँग भइरहेको र निर्माणस्थलमा मेसिन पर्याप्त रूपमै प्रयोग गरेको पाइयो ।’
बर्खा नजिकिएकाले बीपी राजमार्गको डाइभर्सन बाढीले बगायो भन्ने बहानामा यातायात अवरुद्ध हुन नहुने र यात्रुलाई सहज रूपमा यात्रा गर्ने वातावरण ठेक्का लिने निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयले बनाउनुपर्ने गजुरेलले जनाए । निर्माण सामग्रीको मूल्यवृद्धिका कारण काम गर्न समस्या भएको र सरकारले मूल्य समायोजन गरिदिनुपर्ने अनुरोध निर्माण व्यवसायीबाट आएको पनि उनले सुनाए ।
