नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघ घोषणा

देशभरिका घरजग्गा एजेन्ट र एजेन्सीलाई एकताबद्ध गर्दै महासंघको तदर्थ कार्यसमितिको घोषणा गरिएको हो ।

वैशाख २२, २०८३

सीमा तामाङ

Nepal Real Estate Agents and Agencies Federation Announcement

काठमाडौँ — देशभरिका घरजग्गा एजेन्ट तथा एजेन्सी संगठनलाई एकबद्ध गर्दै ‘नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघ (निफ) को औपचारीक घोषणा भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा महासंघको तदर्थ कार्यसमिति घोषणा गरेको हो ।

कार्यसमितिमा अध्यक्ष विनोद सुवेदी, उपध्यक्षहरु हमिद मियाँ खान र गोपाल बारुडी, महासचिवमा शम्भु पोखरेल, सचिवमा विनिता बस्नेत, कोषाध्यक्षमा निग्मा शेर्पा, सदस्यहरुमा योगेश चौधरी, उज्वल सुवेदी, इसा खरेल रहेका छन् । देशैभरि स्थानीय तह, जिल्ला तह र प्रदेश तहमा घरजग्गा एजेन्ट तथा एजेन्सी संघ खोल्नलाई यस क्षेत्रमा संलग्न व्यवसायीलाई आह्वान गरेको छ । 

घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सीलाई अझ व्यावसायिक, उत्तरदायी र पारदर्शी बनाउँदै घरजग्गाका क्रेता, बिक्रेता तथा लगानीकर्तालाई सहजीकरण गर्न र यस क्षेत्रलाई थप नियमनका लागि आवश्यक नीति, नियम तथा ऐन बनाउन सरकारलाई सुझाव र योगदान दिने उद्देश्य रहेको महासंघले जनाएको छ ।

कार्यक्रमा माहासंघका अध्यक्ष विनोद सुवेदीले घरजग्गा कारोबार गर्न सरकारले इजाजत पत्र दिने ऐन ल्याएर नेपालको इतिहासमै पहिलो पटक एजेन्सी व्यवसायलाई चिनेकामा धन्यवाद दिए । तर कानुन आए पनि यो पूर्ण नभएको उनको भनाइ छ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully