म्यानपावर कम्पनीले सेवा शुल्क बैंकिङ प्रणालीबाट मात्रै लिन पाउने

विभागले नगद कारोबार गरेमा म्यानपावर कम्पनीलाई कारबाही गर्ने जनाएको छ ।

वैशाख १७, २०८३

होम कार्की

Manpower companies will only be allowed to collect service fees through the banking system.

काठमाडौँ — म्यानपावर कम्पनीले सेवा शुल्क बैंकिङ प्रणालीबाट मात्रै लिन पाउने भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र भुक्तानी गर्न आग्रह गरेसँगै यस्तो व्यवस्था लागू हुने भएको हो । विभागले नगद कारोबार गरेमा म्यानपावर कम्पनीलाई कारबाही गर्ने जनाएको छ । 

विभागले बिहीबार सूचना जारी गर्दै व्यवसायीलाई नगदमा कारोबार नगर्न आग्रह गरेको हो । नगदमा कारोबार गर्दा ठगी हुने जोखिम बढ्ने भएकाले पारदर्शिता र सुरक्षाका लागि बैंकिङ प्रणाली अपनाउन भनिएको विभागले प्रस्ट पारेको छ । विभागका अनुसार खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि सेवा शुल्कबापत १० हजार रुपैयाँमात्रै लिन पाउने व्यवस्था गरेको हो । 

श्रमिकलाई बैंकिङमार्फत भुक्तानी गरेको प्रमाण, कागजात र अनलाइन कारोबारको विवरण सुरक्षित राख्न पनि अनुरोध गरिएको छ । मलेसियासँग शून्य लागतमा श्रमिक पठाउने सम्झौता छ । युरोपसहित अन्य देशमा जाने श्रमिकका लागि भने स्पष्ट रुपमा सेवा शुल्क तोकिएको छैन । 

Manpower companies will only be allowed to collect service fees through the banking system.

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully