नेप्सेमा २५.८१ अंकको गिरावट, पाँच अर्बको सेयर किनबेच

बुधबार कारोबारमा आएकामध्ये ३० कम्पनीको मूल्य बढ्यो, २३५ कम्पनीको मूल्य घट्यो र ४ वटाको स्थिर रह्यो ।

वैशाख १६, २०८३

कान्तिपुर संवाददाता

NEPSE falls 25.81 points, shares traded worth Rs 5 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार २५.८१ अंकले घटेको छ । मंगलबारको तुलनामा बुधबार ०.९३ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ७ सय ४४.४५ अंकमा ओर्लेको छ ।

बुधबार कारोबारमा आएकामध्ये ३० कम्पनीको मूल्य बढ्यो, २३५ कम्पनीको मूल्य घट्यो र ४ वटाको स्थिर रह्यो । सो दिन कुल १ लाख ४ हजार ५ पटकको सेयर किनबेचमा १ करोड २१ लाख ३४  हजार ३ सय ६० कित्ता सेयर खरिदबिक्री भए । 

ती किनबेचमा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम घटेको हो । मंगलबार ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये विकास बैंक, सामुहिक लगानी कोष र व्यापार उपसमूहको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से २५.८१ अंकले ऋणात्मक अवस्थामा बन्द भयो ।

कान्तिपुर

Link copied successfully