यस वर्ष आर्थिक वृद्धिदर ३.६५ प्रतिशत हुने प्रक्षेपण 

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले आर्थिक वर्ष २०८२/८३ मा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर ३.६५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो ।

वैशाख १५, २०८३

यज्ञ बञ्जाडे

Economic growth rate projected to be 3.65 percent this year

काठमाडौँ — यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.६५ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले आर्थिक वर्ष २०८२/८३ मा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर ३.६५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो । 

यो यस वर्ष सरकारले तोकेको आर्थिक वृद्धिको लक्ष्यभन्दा कम हो । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तोकेको छ ।

चालु आर्थिक वर्षको ९ महिना (गत चैत) सम्मको वास्तविक तथ्यांक र आगामी तीन महिना (वैशाखदेखि असारसम्म) को अनुमानित तथ्यांकका आधारमा कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो 

उपभोक्ता मूल्यमा भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५  प्रतिशत हुने कार्यालयको अनुमान छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully