नेप्सेमा सामान्य अंकको वृद्धि, ५ अर्ब २७ करोड रुपैयाँको कारोबार

नेप्से सूचकको सामान्य वृद्धि भए पनि बैंकिङ, विकास बैंक, होटल, जलविद्युत् र व्यापारबाहेकका सबै उपसमूहमा गिरावट देखिएको छ, ८८ कम्पनीको सेयर मूल्यमा मात्र वृद्धि भएको छ।

वैशाख ११, २०८३

कान्तिपुर संवाददाता

NEPSE sees modest increase in points, turnover of Rs 5.27 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अं‌कले बढेको छ । शून्य दशमलव शून्य ५ प्रतिशतले वृद्धि भएको समग्र नेप्से २ हजार ७ सय ८८ दशमलव ७० विन्दुमा उक्लिएको छ । 

बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै उपसमूहहरु घट्यो । कारोबारमा आएका मध्ये ८८ कम्पनीको सेयर मूल्य बढ्यो भने १६७ कम्पनीको मूल्य घट्यो, १४ कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल ७५ हजार २ सय २९ पटकको सेयर किनबेचमा १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब २७ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट, माई खोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले सेयर मूल्य बढ्यो । कर्पोरेट विकास बैंकको १२.६२ र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको ४.९१ प्रतिशतले सेयर मूल्य बढ्यो । 

प्राइम डिबेञ्चर २०८८ को ४.५९, मेन्छियाम हाइड्रोपावरको ३.५०,  एनआइसी एसिया फ्लेक्स क्याप फन्डको ३.१६ , केबिएल डिबेञ्चर २०८९ को ३ र एसबीएल डिबेञ्चर २०८९ को २.९९ प्रतिशतले सेयर मूल्य घट्यो । 

कान्तिपुर

Link copied successfully