सुनको मूल्य प्रतितोला २ हजार २ सयले घट्यो

स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ ।

वैशाख ११, २०८३

रासस

Gold price drops by 2,200 per tola

काठमाडौँ — स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला २ हजार २ सय र चाँदी ७५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ५ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ९४५ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ५ हजार २० मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुन ३ लाख ५ हजार र चाँदी ५ हजार १३० मा खरिदबिक्री भएको थियो । 

रासस

Link copied successfully