२.९५ अंकले घट्यो नेप्से

बुधबार कारोबारमा आएकामध्ये २२१ कम्पनीको मूल्य बढ्यो, १३८ कम्पनीको मूल्य घट्यो र १० वटाको स्थिर रह्यो ।

वैशाख ९, २०८३

इकान्तिपुर डेस्क

NEPSE fell by 2.95 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार २.९५ अंकले घटेको छ । गत मंगलबारको तुलनामा ०.१० प्रतिशतले घटेर समग्र नेप्से २ हजार ८ सय ४.१२ अंकमा ओर्लेको छ ।

बुधबार कारोबारमा आएकामध्ये २२१ कम्पनीको मूल्य बढ्यो, १३८ कम्पनीको मूल्य घट्यो र १० वटाको स्थिर रह्यो ।

सो दिन कुल १ लाख २१ हजार ४ सय ३३ पटकको सेयर किनबेचमा १ करोड ७५ लाख ८८  हजार ८ सय ५४ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम बढेको हो । गत मंगलबार ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेपनि नेप्से करिब ३ अंकले ऋणात्मक अवस्थामा बन्द भयो ।

इकान्तिपुर

Link copied successfully