मंगलबार कारोबारमा आएकामध्ये ४८ कम्पनीको मूल्य बढ्यो, २१५ कम्पनीको मूल्य घट्यो र ६ वटाको स्थिर रह्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा मंगलबार १७.९१ अंकले घटेको छ । सोमबारको तुलनामा ०.६३ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ८ सय ७.३१ अंकमा ओर्लेको छ । सोमबार नेप्से १३.१७ अंकले बढेको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ४८ कम्पनीको मूल्य बढ्यो, २१५ कम्पनीको मूल्य घट्यो र ६ वटाको स्थिर रह्यो ।
सो दिन कुल ९५ हजार ८ सय पटकको सेयर किनबेचमा १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम बढेको हो । गत सोमबार ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटेल तथा पर्यटनबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । तर विकास बैंक उपसमूहको परिसूचक भने स्थिर छ ।
