शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वेच्छाले राजीनामा दिएको बताए
काठमाडौँ — नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । अध्यक्ष श्रेष्ठले आफूले राजीनामा दिएको स्वीकार गरे ।
‘मैले अर्थ मन्त्रालयमा राजीनामा पेस गरेको छु,’ उनले भने, ‘नयाँ सरकारले आफ्ना आर्थिक प्राथमिकता र नीतिगत उद्देश्यहरूलाई पूर्ण लचकता र समन्वयका साथ अगाडि बढाउन स्पष्ट र अनुकूल वातावरण सिर्जना होस् भन्ने जिम्मेवारीको भावनासहित निर्णय लिएको हुँ ।’
श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।
