बुधबार कारोबारमा आएकामध्ये २२१ कम्पनीको मूल्य बढ्यो र ४५ कम्पनीको मूल्य घट्यो र ३ वटाको स्थिर रह्यो ।
काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार ३३.२७ अंकले बढेको छ । गत सोमबारको तुलनामा १.१७ प्रतिशतले बढेर समग्र नेप्से २८ सय ६६.८७ अंकमा उक्लेको छ । गत सोमबार ४.१८ अंक घटेर नेप्से बन्द भएको थियो । मंगलबार सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द थियो ।
बुधबार कारोबारमा आएकामध्ये २२१ कम्पनीको मूल्य बढ्यो र ४५ कम्पनीको मूल्य घट्यो र ३ वटाको स्थिर रह्यो ।
सो दिन कुल १ लाख २३ हजार ३ सय ५९ पटकको सेयर किनबेचमा २ करोड ६४ लाख ३८ हजार ५ सय २१ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम बढेको हो । गत मंगलबार ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेमा उच्च अंकको वृद्धि भएको हो ।
