नेप्सेमा ४.१८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

शुक्रबारको तुलनामा ०.१४ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ८ सय ३३.६० अंकमा ओर्लेको छ ।

चैत्र ३०, २०८२

यज्ञ बञ्जाडे

NEPSE falls 4.18 points, trading volume also decreases

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ४.१८ अंकले घटेको छ । गत शुक्रबारको तुलनामा ०.१४ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ८ सय ३३.६० अंकमा ओर्लेको छ । शुक्रबार १३.४५ अंकले घटेर नेप्से बन्द भएको थियो ।

सो दिन कारोबारमा आएकामध्ये १०५ कम्पनीको मूल्य बढ्यो । १५३ कम्पनीको मूल्य घट्यो र १२ वटाको स्थिर रह्यो ।

सोमबार कुल एक लाख १ हजार १ सय ८० पटकको सेयर किनबेचमा २ करोड १ लाख ६३ हजार ७ सय ९३ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम घटेको हो । शुक्रबार ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ, विकास बैंक, फाइनान्स कम्पनी, जीवन बिमा, लघुवित्त, अन्य र व्यापारको परिसूचक घटे । बाँकी होटेल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, सामुहिक लगानी कोष र निर्जीवन बिमा कम्पनीको परिसूचक घटे ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully