यातायात व्यवस्था विभागले अन्तर प्रदेश भाडा समायोजनको सूचनासहितको सूची सार्वजनिक गरेको छ ।
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न यातायात व्यवस्था विभागलाई सैद्धान्तिक सहमति दिएको छ । सहमति पाएसँगै भाडा समायोजन गर्ने निर्णय भएको विभागले जनाएको छ । त्यहीअनुसार विभागले अन्तर प्रदेश भाडा समायोजनको सूचनासहितको सूची सार्वजनिक गरेको छ ।
इन्धनको मूल्यमा हुने घटबढअनुसार सार्वजनिक सवारीसाधनको भाडा स्वतः घटबढ हुने गरी स्वचालित भाडा प्रणाली ३१ चैत ०७८ को मन्त्रीस्तरीय निर्णयबाट लागू भएको थियो । त्यहीअनुसार यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा सोही अनुपातमा अन्तरप्रदेशीय यातायातको भाडा समायोजन गर्ने अधिकार पाएको छ । त्यहीअनुसार सूचकहरूको विश्लेषण तथा इन्धनको मूल्यमा आएको परिवर्तनले गर्दा भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
सरकारको निर्णयअनुसार यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशत भाडा समायोजन गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५.७५ प्रतिशत भाडा समायोजन गरिएको छ ।
हेर्नुहोस् कहाँको भाडा कति ?
![Public transport fares increased, where and how much? [With list]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/bus-0842026012413-1000x0.jpg&w=1001&h=0)