नेप्सेमा ४५ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो   

अघिल्लो दिनको तुलनामा ४५.१२ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ८ सय २.५२ अंकमा उक्लेको छ ।

चैत्र २५, २०८२

कान्तिपुर संवाददाता

NEPSE rises 45 points, trading volume also increases

काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार ४५ अंकको वृद्धि भएको छ ।  अघिल्लो दिनको तुलनामा ४५.१२ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ८ सय २.५२ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.६३ प्रतिशतले बढेको हो ।

सो दिन कारोबारमा आएकामध्ये २५१ कम्पनीको मूल्य बढ्‍यो र १५ कम्पनीको मूल्य घट्यो र दुई वटाको स्थिर रह्‍यो । कुल ९८ हजार १ सय ६२ पटकको सेयर किनबेचमा १ करोड ८८ लाख १६ हजार ८ सय ८ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम बढेको हो । गत मंगलबार सेयर बजारमा ८ अर्ब ८१ करोड ९७  लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्से ४५ अंकले बढेको हो ।

कान्तिपुर

Link copied successfully