राष्ट्र बैंकको कार्यकारी निर्देशक पण्डित विदेशी विनिमय व्यवस्थापन विभागको मुख्य जिम्मेवारीमा थिए । २०६२ सालमा राष्ट्र बैंकमा जागिर सुरू गरेका उनले विभिन्न विभागमा रहेर काम गरेका छन् ।
काठमाडौँ — नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
राष्ट्र बैंकको कार्यकारी निर्देशक पण्डित विदेशी विनिमय व्यवस्थापन विभागको मुख्य जिम्मेवारीमा थिए । २०६२ सालमा राष्ट्र बैंकमा जागिर सुरू गरेका उनले विभिन्न विभागमा रहेर काम गरेका छन् ।
नेपाल राष्ट्र बैंकमा २५ फागुन २०८२ देखि दुई डेपुटी गभर्नर पद रिक्त थियो । निवर्तमान डेपुटी गभर्नरद्वय नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँचवर्षे कार्यकाल सकिएपछि राष्ट्र बैंकमा उक्त पद रिक्त भएको हो । तिम्सिना र मिश्र २७ फागुन २०७७ मा डेपुटी गभर्नरमा नियुक्त भएका थिए ।
राष्ट्र बैंक ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । कानुनमा दुई वटा डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था भए पनि सरकारले एउटा मात्र नियुक्त गरेको छ ।