नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री वाग्ले

संस्था वा व्यक्ति छानेर दु:ख दिने हाम्रो कुनै नियत छैन । हामी खुलाबजार अर्थनीति मान्छौँ । त्यो भनेको छाडा अर्थतन्त्र होइन : अर्थमन्त्री वाग्ले

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Removing Nepal from the 'Grey List' is the government's first priority: Finance Minister Wagle

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता भएको  बताएका छन् । आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा सोमबार अर्थमन्त्री वाग्लेले ‘ग्रे लिस्ट’ले अन्तर्राष्ट्रिय बदनामी भएकाले प्राथमिकता दिएर तोकिएको समयमै त्यसबाट बाहिर लिकाल्न सरकार सरकार लागि परेको बताएका हुन् ।

यसले लगानीको वातावरणमा नकारात्मक असर पार्ने पनि उनले बताए । सम्पत्ति शुद्धीकरणलगायतका वित्तीय अपराधमा वर्षौंदेखि भएका अनुसन्धान अकाट्य प्रमाणका आधारमा अघि बढेका मुद्दाहरूमा आधारित हुने पनि उनले बताए । यदि उद्योग व्यवसायीले ठूलो वित्तीय अपराध गरेका छन् भने पनि तीनलाई ठूलो आर्थिक जरिवाना नै गर्ने उद्देश्य सरकारको रहेको पनि उनले बताए । ‘संस्था वा व्यक्ति छानेर दु:ख दिने हाम्रो कुनै नियत छैन । हामी खुलाबजार अर्थनीति मान्छौँ । त्यो भनेको छाडा अर्थतन्त्र होइन,’ उनले भने ।

अन्य अपराधहरूमा न्याय निरूपणको काम अदालतबाट हुने पनि अर्थमन्त्री वाग्लेले बताए । ‘कसैलाई लक्षित गरेर कारबाही गर्ने होइन, कानुनअनुसार अघि बढाउने मात्र हो,’ उनले भने, ‘अपराधबाट कसैलाई छुट दिने होइन । तर निजी क्षेत्रलाई धरपकड गर्ने होइन ।’

कान्तिपुर

Link copied successfully