५.८२ अं‌कले बढ्यो नेप्से

८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रूपैयाँको सेयर कारोबार भएको छ ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

NEPSE rises by 5.82 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५.८२ अं‌कले वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन नेप्से शून्य दशमलव २० प्रतिशतले वृद्धि भई २ हजार ७ सय ८२ दशमलव १८ विन्दुमा बन्द भएको छ । 

समग्र नेप्से परिसूचक बढे पनि सेयर मूल्य घट्ने कम्पनीहरूको संख्या बढी छ । कारोबारमा आएका १५८ कम्पनीको सेयर मूल्य घटेको हो । कुल ९८ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्‍यो । 

कुल १ लाख ३ हजार २ सय ५ पटकको सेयर किनबेचमा २ करोड १३ लाख १८ हजार ९ सय २९ कित्ता खरिदबिक्री भएको छ । ती किनबेचमा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रूपैयाँको सेयर कारोबार भएको छ । 

कारोबारमा आएका मध्ये विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष र व्यापार उपसमूह मात्रै बढ्यो । बैंकिङ, फाइनान्नस, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्य उपसमूह घट्यो । 

कान्तिपुर

Link copied successfully