पाँच कम्पनीको सेयरमूल्य १०/१० प्रतिशतले बढेपछि कारोबार नियन्त्रणका लागि नेप्सेले सर्किट ब्रोकर लगाउन परेको थियो ।
काठमाडौँ — मंगलबार सेयर बजारमा १९५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । तीमध्ये निम्न पाँच कम्पनीको सेयरमूल्य १०/१० प्रतिशतले बढेपछि कारोबार नियन्त्रणका लागि नेप्सेले सर्किट ब्रोकर लगाउन परेको थियो ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै करिब ९ प्रतिशतले घटेको छ । यो सँगै मंगलबार ५३ कम्पनीको सेयर मूल्य घटेको छ ।
सेयर मूल्य १० प्रतिशतले बढेका पाँच कम्पनी
१) रिलायन्स स्पिनिङ मिल्स
२) भुजुङ हाइड्रोपावर कम्पनी
३) सुपरखुदी हाइड्रोपावर
४) रिज लाइन इनर्जी
५) होटेल फरेस्ट इन
सेयर मूल्य धेरै घट्ने पाँच कम्पनी
१) सप्तकोशी डेभलपमेन्ट बैंक
२) एनआईसी एसिया ब्यालेन्स फन्ड
३) एनआईबीएल ग्रोथ फन्ड
४) रिडी पावर कम्पनी
५) धौलागिरी लघुवित्त वित्तीय संस्था
