लगातार दुई दिन घटेको नेप्सेमा १९ अंकको वृद्धि, कारोबार रकम घट्यो

मंगलबार कारोबारमा आएकामध्ये १९५ कम्पनीको मूल्य बढ्यो, ६३ कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

NEPSE, which fell for two consecutive days, gains 19 points, trading volume decreases

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १९.७० अंकले बढेको छ । अघिल्लो दुई दिन लगातार उच्च अंकले घटेको नेप्से मंगलबार ०.६९ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ८ सय ५१ दशमलव ०९ विन्दुमा उक्लेको हो । 

मंगलबार कारोबारमा आएकामध्ये १९५ कम्पनीको मूल्य बढ्यो, ६३ कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

मंगलबार कुल १ लाख ३७ हजार ८ सय ५७ पटकको सेयर किनबेचमा २ करोड ७९ लाख ४२ हजार ७ सय ७९ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम घटेको हो । अघिल्लो दिन १२ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको थियो । सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामुहिक लगानी कोष र अन्यको परिसूचक घटे । बाँकी सबैको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढ्न टेवा पुगेको हो ।

कान्तिपुर

Link copied successfully