विदेशबाट फर्केका दिप्सनले फलाए २ सय २९ मुरी धान, पालिकाले पुरस्कार दिन थालेपछि कृषिकर्ममा फर्कियो युवाको ध्यान

फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा धेरै धान फलाउने ५८ किसानलाई सामूहिक सम्मान, नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरेको छ।

चैत्र १४, २०८२

लक्ष्मी गौतम

Dipsan, who returned from abroad, grew 229 bushels of rice, and the youth's attention returned to agriculture after the municipality started giving awards.

पाँचथर — फाल्गुनन्द गाउँपालिका–७ का २९ वर्षीय दिप्सन चेम्जोङले यो वर्ष २ सय २९ मुरी ५ पाथी धान फलाए । नागरिकता बनेलगत्तै रोजगारीका लागि कतार पुगेका उनी त्यहाँ ८ वर्ष श्रम गरेर घर फर्केपछि धान खेतीमा जुटेका हुन्। खेती सुरु गरेको पहिलो वर्षमै २२९ मुरी फलाएपछि गाउँमा उनले रेकर्ड पनि बनाए ।

पालिकाका सर्वोत्कृष्ट किसान बन्न सफल भएका चेम्जोङसहित ५८ किसानलाई गाउँपालिकाले शनिबार सार्वजनिक समारोह आयोजना गर्दै गलामा गुराँसको माला, हातहातमा कदरपत्र र नगद पुरस्कार दिएर सम्मान गर्‍यो।

Dipsan, who returned from abroad, grew 229 bushels of rice, and the youth's attention returned to agriculture after the municipality started giving awards.

सर्वोत्कृष्ट किसानका रूपमा पुरस्कृत हुँदा उनी निकै खुसी देखिन्थे। 'विदेशमा कमाउने पैसा धेरै देखिन्छ, तर त्यहाँ पैसा कमाउन धेरै नै जोखिम मोल्नुपर्छ। स्वदेश फर्किएपछि गाउँघरमै केही गर्ने योजना बनाउँदै थिएँ । पालिकाले अघि सारेको उत्कृष्ट किसान प्रोत्साहन कार्यक्रमले कृषिकर्ममा फर्कन हौसला दियो,’ उनले भने।

चेम्जोङको खेत १० रोपनी मात्रै छ। उनले यो वर्ष आफ्नो १० रोपनी बाहेक थप ३५ रोपनी खेत अधियाँ र कुतमा लिएर ९० पाथीको ब्याड राखेका थिए । ९० पाथी धानको बीउले यत्तिका धेरै धान फलाएको  उनले बताए।

‘मेहनत गर्ने हो भने परिवारसँगै बसेर राम्ररी कमाउन सकिने रहेछ। विदेशतिर मन बहलाउँदै गरेका युवा शक्तिलाई यतै केही गरौँ भन्ने सल्लाह दिन्छु,’ उनले भने।

Dipsan, who returned from abroad, grew 229 bushels of rice, and the youth's attention returned to agriculture after the municipality started giving awards.

दिप्सनपछि फाल्गुनन्द–१ का मकरबहादुर तामाङले यो वर्ष १ सय ५८ मुरी ८ पाथी धान फलाएर दोस्रो भए। गत वर्ष उनले १ सय ७४ र त्यसअघिको २०८० सालमा १ सय ६८ मुरी धान फलाएर निरन्तर सर्वोत्कृष्ट किसानका रूपमा सम्मानसहित पुरस्कृत भएका थिए।

तीन वर्षदेखि निरन्तर पुरस्कृत हुँदै आएका तामाङ पनि यसअघि साउदी अरबमा श्रम गर्न गएर नेपाल फर्केका हुन्।

करिब तीन वर्ष विदेश बस्दा त्यहाँका दुःखकष्ट सहन नसकेर आफ्नै गाउँमा केही गरौँ भन्दै धान रोप्न थालेको उनले सुनाए।

तामाङको नाममा २ पाथीको बीउ लाग्ने पाखो खेत मात्रै छ। उनले पनि अधियाँ र कुतमा खेती गरेर यत्तिका धान फलाएका हुन्।

‘यो वर्ष ५० मुरीभन्दा धेरै धान फल्ने खेत बाढीले बगाएका कारण पहिलो हुन सकिनँ, तथापि दोस्रो भएरै छाडेँ,’ उनले भने।

यस्तै १ सय ३२ मुरी १६ पाथी धान फलाएका फाल्गुनन्द–७ का नरबहादुर चेम्जोङ तेस्रो भएका छन्।

Dipsan, who returned from abroad, grew 229 bushels of rice, and the youth's attention returned to agriculture after the municipality started giving awards.

‘गाउँपालिकाले पुरस्कार दिनुअघि मुस्किलले ४० मुरीसम्म धान फलाइन्थ्यो। पुरस्कारको घोषणा भएपछि अधियाँ र कुतमा जमिन लिएर खेतीमा लागेँ। पहिले कसैले चिन्दैनथे, अहिले देशभर धेरै धान फलाउने किसान भनेर चिन्छन्,’ मकरबहादुरले अनुभव सुनाए ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई प्रोत्साहन गर्न नगद पुरस्कार दिँदै आएको छ। गाउँपालिकाले २०८० सालदेखि यस्तो कार्यक्रम थालेको हो।

गाउँपालिकाले नीति बनाएर ५० मुरीभन्दा धेरै धान फलाउनेलाई नगद ३० हजार र एक सय मुरीभन्दा धेरै फलाउनेलाई ५० हजारका दरले पुरस्कार दिन्छ।

यो वर्ष दिप्सन, मकरबहादुर र नरबहादुर गरी तीनजनाले सय मुरीभन्दा धेरै धान फलाएर नगद ५० हजार प्राप्त गरेका छन् भने बाँकी ५५ जनाले ५० मुरीदेखि एक सय मुरीसम्म धान फलाएर पुरस्कृत भएका छन्।

युवा शक्तिको पलायन र उर्वर खेत बाँझिन थालेपछि किसानलाई प्रोत्साहन गर्न पुरस्कार दिन थालिएको अध्यक्ष बृजहाङ आङदेम्बे बताउँछन्।

‘कृषि उत्पादन बढाउनका साथै बाँझो जमिनलाई उर्वर बनाउन यो नीति लिइएको हो,’ आङदेम्बेले भने।

पालिकाले किसान प्रोत्साहन गर्न थालेपछि धान उत्पादन गर्ने किसानसँगै धान उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको छ।

पालिकाको तथ्यांकअनुसार २०८० सालमा ५० मुरीभन्दा धेरै धान फलाउने किसानको संख्या २९ मात्रै थियो। २०८१ सालमा बढेर ४२ पुग्यो भने यो वर्ष ५८ जना किसालेन पुरस्कार पाए ।

Dipsan, who returned from abroad, grew 229 bushels of rice, and the youth's attention returned to agriculture after the municipality started giving awards.

उनका अनुसार पुरस्कार घोषणा भएको पहिलो वर्ष पुरस्कृत किसानले यहाँ १ हजार ७ सय ३० मुरी धान फलाएका थिए भने २०८१ मा उत्पादन बढेर २ हजार ६ सय ७८ मुरी पुगेको थियो। यस्तै यो वर्ष पुरस्कार पाउने किसानको संख्या ४२ देखि ५८ पुग्दा ३ हजार ६ सय ८४ मुरी धान फलेको छ।

पुरस्कारको दायराभन्दा बाहिर रहेका किसानबाट उत्पादन भएको धानको भने लेखाजोखा नराखिएको आङदेम्बे बताउँछन्।

गाउँपालिकाले धान काट्ने सिजन सुरु भएपछि किसानबाट पुरस्कारका लागि दाबी पेस गर्न सार्वजनिक सूचना गर्छ। किसानले निवेदन दिएपछि दाबीअनुसार धान फले–नफलेको यकिन गर्न जनप्रतिनिधि र कर्मचारी किसानका खला–खेतमै पुग्छन्।

सबै किसानका धानको लेखाजोखा गरिसकेपछि गाउँपालिकामा सार्वजनिक कार्यक्रम आयोजना गर्दै किसानलाई सामूहिक सम्मान र पुरस्कार अर्पण गरिन्छ।

Dipsan, who returned from abroad, grew 229 bushels of rice, and the youth's attention returned to agriculture after the municipality started giving awards.

विगत वर्षहरूमा धानको लेखाजोखा सकिनासाथ पुरस्कार वितरण गरिँदै आएकोमा यो वर्ष निर्वाचनका कारण केही ढिला गरी पुरस्कार वितरण गरिएको उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले बताए।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully