पाँच दिनपछि साढे २४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

कारोबारमा आएकामध्ये ४५ कम्पनीको सेयर मूल्य बढ्यो, २१३ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Nepse drops 24.5 points after five days, trading volume increases

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ब्धुबार २४.४५ अंकले घटेको छ । अघिल्ला पाँच कारोबार दिन लगातार बढेको नेप्सेमा बुधबार साढे २४ अंकको गिरावट आएको हो । अघिल्लो दिनको तुलनामा ०.८२ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ९ सय ३५ दशमलव ९४ विन्दुमा उक्लिएको छ ।

कारोबारमा आएकामध्ये ४५ कम्पनीको सेयर मूल्य बढ्यो, २१३ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

सो दिन कुल  १ लाख ३८ हजार २ सय ५६ पटकको कारोबारमा ३ करोड ५८ लाख १९ हजार २८९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १५ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत मंगलबार १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र व्यापारको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

कान्तिपुर

Link copied successfully