शून्य दशमलव ९२ प्रतिशतको गिरावटपछि समग्र नेप्से विन्दु २ हजार ७ सय ९८ दशमलव ८३ विन्दुमा सिमित भएको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २६.०७ अंकले घटेको छ । शून्य दशमलव ९२ प्रतिशतको गिरावटपछि समग्र नेप्से विन्दु २ हजार ७ सय ९८ दशमलव ८३ विन्दुमा सिमित भएको छ ।
कारोबारमा आएका ४८ कम्पनीको मूल्य बढ्यो, २११ कम्पनीको मूल्य घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो । उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूहहरू घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूह २४.७६ अंकले बढेको छ । जीवन बिमा १२७.६८, निर्जीवन बिमा ५२.६५, विकास बैंक ५१.४६ अंकले घटेको छ ।
कुल १ लाख २ हजार ७ सय ५९ पटकको सेयर किनबेचमा ३ करोड ७ लाख ९० हजार २ सय ११ कित्ता सेयर खरिदबिक्री भएको छ । ती किनबेचमा ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार तुलनामा कारोबार रकम घटेको छ । आइतबार १४ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी, सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । होटल फरेस्ट इनको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । सिद्धार्थ इक्विटी फन्डको सेयर मूल्य ४.३९ प्रतिशतले घटेको छ ।
