नाडा अध्यक्षमा उप्रेती

नाडा केन्द्रीय कार्यसमितिको बिहीबार बसेको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन् ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

Upreti elected as NADA president

काठमाडौँ — नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती चयन भएका छन् । बिहीबार बसेको नाडाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई पदभार  हस्तान्तरण गरेका हुन् ।

निवर्तमान अध्यक्ष चौधरीले नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उप्रेतीको नेतृत्व महत्वपूर्ण हुने बताए । उप्रेतीले पद तथा गोपनीयताको सपथ लिँदै आफ्नो कार्यकालमा संस्थाको उद्देश्य, विधान तथा मूल्य मान्यताअनुरूप अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखेका छन् । 

उप्रेतीले महेश पाल, दिपककुमार अग्रवाल तथा राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरे । नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

आगामी दिनमा नाडाले अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास  गरेका छन् ।

कान्तिपुर

Link copied successfully