भारतमा पेट्रोलियम पदार्थ वितरणमा कडाइ, देशभित्रको आपूर्तिलाई प्राथमिकता दिन निर्देशन

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले तेल प्रशोधन गर्ने कम्पनीहरूलाई एलपीजी उत्पादन बढाउन र अतिरिक्त उत्पादनलाई घरेलु (देशभित्र) प्रयोगमा लगाउन निर्देशन दिएको छ ।

फाल्गुन २७, २०८२

कान्तिपुर संवाददाता

Restrictions on distribution of petroleum products in India, instructions to prioritize domestic supply

काठमाडौँ — भूराजनीतिक कारण इन्धन तथा एलपीजी ग्यासको आपूर्तिमा अवरोध भएपछि भारत सरकारले ग्यासको प्रशोधन बढाउन र आन्तरिक वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले तेल प्रशोधन गर्ने कम्पनीहरूलाई एलपीजी उत्पादन बढाउन र अतिरिक्त उत्पादनलाई घरेलु (देशभित्र) प्रयोगमा लगाउन निर्देशन दिएको छ ।

मन्त्रालयले देशभित्र घरायसी प्रयोगका लागि एलपीजी आपूर्तिलाई प्राथमिकता दिन भनेको छ । भण्डारण तथा कालोबजारी रोक्न २५ दिनको अन्तरमा मात्र पुनः बुकिङ गर्न सकिने व्यवस्था मिलाउन पनि मन्त्रालयले भनेको छ ।

आयातित एलपीजीलाई देशबाहिर आपूर्ति गर्नु परे अस्पताल, शैक्षिक संस्थाजस्ता अत्यावश्यक क्षेत्रलाई प्राथमिकता दिन मन्त्रालयले भनेको छ ।

देशबाहिर अन्य क्षेत्रका लागि एलपीजी आपूर्तिको विषयमा समीक्षा गर्न मन्त्रालयले एक समिति गठन गरेको छ । समितिले रेस्टुरेन्ट, होटल तथा अन्य उद्योगलगायत क्षेत्रका लागि एलपीजी आपूर्तिसम्बन्धी सुझाव दिने बताइएको छ ।

कान्तिपुर

Link copied successfully