नेप्से ६ प्रतिशत बढेपछि तीन वटा सर्किट ब्रेकर लागेर बन्द

निर्वाचनपछि खुलेको बजारमा कारोबार भएको तीन मिनेटमै नेप्से परिसूचक ६ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको थियो ।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Nepse closed after three circuit breakers tripped after 6 percent gain

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि सकरात्मक सर्किट ब्रेकर लागेर आजका लागि बन्द भएको छ ।

निर्वाचनपछि खुलेको बजारमा कारोबार भएको तीन मिनेटमै नेप्से परिसूचक ६ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको थियो । 

बजार खुलेको एक मिनेटमै नेप्से १०८ अंक (चार प्रतिशत) बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि बजार २० मिनेटपछि खुलेको थियो। 

बजार खुलेको अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक पनि लागेको थियो। त्यसपछि ४० मिनेटको लागि बजार स्थगित भएको थियो । 

त्यसपछि १२ बजेर एक मिनेट जाँदा नेप्से ६ प्रतिशत (१६२ अंक) बढ्यो र तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि सेयर बजार बन्द भएको हो । सो अवधिमा ५१ करोड रूपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

कान्तिपुर

Link copied successfully