सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ — सुनको मूल्य तोलामै ४ हजार २ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतिनिधिसभाको निर्वाचन भएकाले सरकारले सार्वजनिक विदा दिइएको थियो । त्यसकारण महासंघले मूल्य तोकिएको थिएन ।
बुधबार सुनको मूल्य एकैदिन ११ हजार रूपैयाँले घटेर तोलामा ३ लाख १७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि तोलामा ९५ रूपैयाँले घटेको छ । बजारमा ५ हजार ४ सय ४५ रूपैयाँमा तोलामा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ ।
डलरको मूल्य बढ्दा सुनको मूल्य घटिरहेको महासंघले जनाएको छ । यद्पी बिहीबार एक डलरको मूल्य १४७ रूपैयाँ थियो भने शुक्रबार २ सय ४६ रूपैयाँ तोकिएको छ ।
