खाडीका ७ प्रमुख विमानस्थलमा झन्डै १० हजार उडान रद्द, १५ लाखभन्दा बढी यात्रु प्रभावित

यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Nearly 10,000 flights canceled at 7 major airports in the Gulf, affecting over 1.5 million passengers

काठमाडौँ — खाडीका ७  व्यस्त विमानस्थलमा चार दिनको अवधिमा व्यापक रूपमा उडान रद्द हुँदा १५ लाखभन्दा बढी यात्रु प्रभावित भएका छन्।

हवाई उड्डयनसम्बन्धी अनलाइन फ्लाइटरडारका अनुसार, प्रभावित विमानस्थलहरूमा दुबई अन्तर्राष्ट्रिय विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल, जायद अन्तर्राष्ट्रिय विमानस्थल, शारजाह अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत अन्तर्राष्ट्रिय विमानस्थल , बहराइन अन्तर्राष्ट्रिय विमानस्थल र अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्।

दैनिक रद्द उडान विवरणअनुसार, शनिबार १४ सय, आइतबार ३४ सय, सोमबार ३४ सय र मंगलबार बिहानसम्म १३ सय यात्रु उडान रद्द भएका छन् । शनिबारदेखि आजसम्म कुल ९,५०० भन्दा बढी उडान रद्द भएको फ्लाइरडारले जनाएको छ ।  प्रतिविमान औसत १६० यात्रु रहेको अनुमानका आधारमा १५ लाखभन्दा बढी यात्रु प्रभावित भएको अनुमान गरिएको छ।

एयरलाइन्सहरूले प्रभावित यात्रुहरूलाई पुनः बुकिङ गर्ने प्रयास गरिरहेका छन् भने विमानस्थल प्रशासनले सञ्चालनसम्बन्धी चुनौतीहरू व्यवस्थापन गरिरहेको जनाएको छ। यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

कान्तिपुर

Link copied successfully