सोमबारको तुलनामा सुन तोलामा २ हजार ५ सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदी भने प्रतितोला २ सय ५ रुपैयाँले घटेको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा २ हजार ५ सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदी भने प्रतितोला २ सय ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख २८ हजार ६ सय कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ८१५ निर्धारण भएको छ । सोमबार एक तोला सुन ३ लाख २६ हजार १ सय र त्यति नै परिमाणको सेतो धातु ६ हजार २० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।–
