मंगलबारको तुलनामा आज सुन तोलामा एक हजार ५ सय रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ ।
काठमाडौँ — आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबारको तुलनामा आज सुन तोलामा एक हजार ५ सय रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ४ सय तथा एक तोला चाँदीको मोल चार हजार ८ सय ८० रुपैयाँ निर्धारण भएको छ ।
हिजो मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९ सय तथा एक तोला चाँदीको मोल चार हजार ८ सय ८५ रुपैयाँ निर्धारण भएको थियो ।
गत सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८ सय तथा एक तोला चाँदीको मोल चार हजार ८ सय ६० रुपैयाँ निर्धारण भएको थियो ।
साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८ सय र त्यति नै चाँदी चार हजार ९ सय ८५ मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
